२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिना को नेतृत्वमा स्वास्थ्य सामग्री हस्तान्तरण

१ असार २०७८, मंगलवार २१:३८

१ असार, २०७८ मंगलबार

नेपाल विद्यार्थी संघका महामन्त्री तथा नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता बलदेव तिमल्सिना को नेतृत्वमा संचालित कोभिड १९ महामारी विरुद्धको हाम्रो अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका स्वास्थ्य संस्था र विभिन्न वडा स्थित स्वास्थ्य कार्यालय र वडा कार्यालयमा अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
सिन्धुपाल्चोक जिल्ला अस्पताल चैतारा र प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेका निम्ति नेपाल मेडिकल एसोसिएसन एन एस ए बाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर तथा नेबि संघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा विभिन्न संघ संस्था तथा सहयोगी बाट प्राप्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ भने बाह्रबिसे नगर पालिकाका ९ वटै वडा र बलेफी गाउँ पालिकाका ८ वटै वडा कार्यालय तथा स्वास्थ्य चौकीका निम्ति स्वास्थ्य सामग्री प्रदान गरिएको छ।
जिल्ला अस्पताल चौताराका निम्ति २ थान अक्सिजन कन्सन्ट्रेटर संगै पिपिइ सेट,सर्जिकल मास्क,एन ९५ मास्क,फेससिल्ड,ग्लोभ्स,स्यानिटाइजर लागाएत स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा दत्त चापागाईं ज्यु मार्फत हस्तान्तरण गरिएको छ भने जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रको निम्ति १ थान अक्सिजन कन्सन्ट्रेटर संगै पिपिइ सेट,सर्जिकल मास्क, एन ९५ मास्क,फेससिल्ड,ग्लोभ्स,स्यानिटाइजर, लगाएत सामग्री केन्द्रका मेडिकल अधिकृत डा. प्रशान्त ज्ञवाली मार्फत नेपाली काँग्रेस सिन्धुपाल्चोकका पुर्ब सभापति भुपेन्द्र बहादुर थापा,नेपाल महिला संघ सिन्धुपाल्चोकका सभापति गिता नेपाल,नेपाल शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष तुलसी दंगाल,नेपाली काँग्रेस त्रिपूरासुन्दरी गाउँपालिका सभापति देबि राज श्रेष्ठ,पुर्ब क्षेत्रीय सचिब तथा नेपाल विद्यार्थी संघका नेता कैलास थापा,नेता राम चन्द्र बोहरा ,नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकका उपसभापति नवीन श्रेष्ठ तथा संघका केन्द्रिय नेताहरु हरि आचार्य, सरोज मरासिनी,समीर लामा लगाएतको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।
त्यसैगरी बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाका सबै वडा र स्वास्थ्य कार्यालयका निम्ति प्रत्येक वडामा सर्जिकल मास्क, एन ९५ मास्क,पिपिइ सेट,फेससिल्ड,स्यानिटाइजर लगाएतका सामग्री वडा अध्यक्ष,स्वास्थ्य कार्यलयका प्रमुख तथा प्रतिनिधि, पार्टीका नेता तथा प्रतिनिधि,सामाजिक अगुवा मार्फत बितरण गरिएको छ ।
हामीले संचालन गरेको यो अभियान अन्तर्गत अक्सिजन कन्सर्न्ट्रेटर ३ थान, सर्जिकल मास्क ३०,००० पिस, एन ९५ मास्क १५००पिस,पिपिइ सेट ५०० पिस, स्यानिटाइजर १५० लिटर,फेस सिल्ड ३०० पिस,ग्लोभ्स १० बक्स लगाएत सामग्री हिजो बितरण गरियो भने यो अभियान अन्तरगत मेरो नेतृत्वमा केहिदिन अघि
त्रिपुरासुन्दरी गाउँ पालिकाकाको ६ वटै वडामा अबस्थित स्वास्थ्य चौकी,आइसोलेसन सेन्टर र वडा कार्यालयका निम्ति सर्जिकल मास्क १०,००० पिस एन ९५ १००० पिस एनटिजेन किट ५० पिस, पिपिइ सेट ११० पिस,अक्सिमिटर ७ पिस,स्यानिटाइजर ५०० एम एल १० बोतल र १०० एम एल १०० बोतल,कपडाको मास्क ४०० पिस,डिजिटल थर्मामिटर ५ पिस,सिटामोल ५ बक्स,जिबन जल १०० पाकेट, ग्लोब्स १० बक्स,औषधिहरुस्२ बाक्सा,खाद्यान्न सामग्री,भरिएको ५० लिटरको अक्सिजन सिलिन्डर १ थान लगाएतका सामाग्री बितरण गरिसकिएको नेबिसंघका नेता समीर लामाले बताए ।
अभियानमा सहभागी नेपाल महिला संघ सिन्धुपाल्चोककि अध्यक्ष गिता नेपालले यो अभियान निरन्तर जारी रहने र अत्यावश्यक स्वास्थ्य सामग्री संगै अफ्ठ्यारोमा परेका समुदाय बिच खाद्यान्नको समेत जोहो आबश्यक देखिएकोले अबको तैयार त्यसतर्फ केन्द्रित रहने बताइन ।
जिल्लाबासिहरु समस्यामा परेको अबस्थामा आबस्यक उपलब्ध सहयोग सहितको टोलि त्यसतर्फ परिचालित हुने नेपाली काङ्ग्रेस त्रिपुरासुन्दरी गाउँपालिका सभापती देबिराज श्रेष्ठले बताए । अभियानलाई सफल बनाउन मेहनत गर्नुहुने सम्पुर्ण अभियन्ताहरु,महत्त्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध गराउने नेपाल मेडिकल एसोसियसन एन एम ए लगाएत विभिन्न संघ संस्था तथा सहयोगीहरु र सहभागि नेतृत्वगण लगाएत सबै प्रति तिमल्सिनाले धन्यबाद ब्यक्त गरेका छन् ।
कोरोना संक्रमण बाट परिवार नै सन्क्रमित भएपछि संक्रमण मुक्त पश्चात् तिमल्सिना जिल्लामा सामाजिक कार्यमा कृयाशिल छन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV