२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

नेतृत्वविहीन नेविसङ्घ

६ बैशाख २०७६, शुक्रबार ११:५६

६ बैशाख, काठमाडौँ । आज वैशाख ६ अर्थात नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) स्वर्ण जयन्ती । स्थापनाको नेविसङ्घको अवसरमा नेविसङ्घ काठमाडौँले पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उपत्यकास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसङ्घको स्थापना भएको थियो, त्यति बेलाबाटै नेविसङ्घले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।
कार्यक्रममा नेविसङ्घ निवर्तमान केन्द्रीय समितिले ‘वर्तमान परिस्थिति र नेपाल विद्यार्थी सङ्घको भूमिका’ खुला बहस कार्यक्रम, नेविसङ्घ पद्यकन्या बहुमुखी क्याम्पसको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम, नेविसङ्घ धादिङ काठमाडौँ सम्पर्क समितिले दीप प्रज्वलन कार्यक्रम, नेपाल ल क्याम्पसको आयोजनामा चियापान तथा दीप प्रज्वलन कार्यक्रम राखिएको छ ।

इतिहास बोकेको विद्यार्थी सङ्गठनको स्वर्णदिवस केन्द्रीय समिति नभएको अवस्थामा नेतृत्व बिहिन अवस्थामा दुखद साथ मनाउनुपरेको अभिव्यक्ति नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले व्यक्त गरे ।
नेविसङ्घको वर्तमान नेतृत्वले राजीनामा दिएसँगै नेविसङ्घ केन्द्रीय समिति अहिले नेतृत्वविहीन बनेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV