नेकपाएमालेका वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्थामा सुधार आएन
२ असार २०७८, बुधबार १४:०९
२ असार २०७८, बुधबार
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ ।
ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायतका समस्या देखिएपछि उहाँलाई काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि नयाँदिल्लीस्थित एपोलो अस्पताल लगिएको हो । खनालसँगै उहाँकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानुभएको छ । यसअघि खनाललाई कोरोना संक्रमण भएको थियो ।

Share on Social Media

