२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

निजी मेडिकल कलेजहरुविरुद्ध बुधबार काठमाडौंमा प्रदर्शन

२० कार्तिक २०७६, बुधबार १८:१८

सरकारले आफूहरुको मागको बेवास्ता गरेको भन्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । चितवन मेडिकल कलेजबाट आन्दोलन सुरु भएको थियो ।मंगलबार पनि उनीहरुले काठमाडौंमा प्रदर्शन गरेका थिए । ‘बढी लिएको शुल्क फिर्ता गर’, ‘माफियातन्त्र अन्त्य गर’, ‘विद्यार्थी कुट्न पाइँदैन’, ‘काठमाडौंवासी न्याय दे’लगायतका नारा लगाउँदै उनीहरुले बुधबार माइतीघर मन्डलाबाट नयाँबानेश्वरसम्म र्‍याली निकालेका हुन् । नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गन्डकी मेडिकल कलेज पोखरा र चितवन मेडिकल कलेजका विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् । आन्दोलनका संयोजक प्रकाश चन्दले मेडिकल कलेजहरुले शुल्क फिर्ता र समायोजन गर्ने प्रतिबद्धता पूरा नगरेकाले आन्दोलन जारी रहने बताए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV