२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

नारायणीमा पानीको बहाव उच्च

१ असार २०७८, मंगलवार २२:३१

१ असार, २०७८ मंगलबार

अविरल वर्षाका कारण चितवनका ठूला नदी राप्ती र नारायणीमा पानीको सतह बढ्दै गएको छ । हिजो सोमवार देखि नै पानी निरन्तर परिरहेकाले अझै पानीको सतह बढ्ने अनुमान गरिएको छ ।
नारायणी नदीमा पानीको बहाव बढ्दा जोखिम बढेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी नदीमा आएको बाढीका कारण पश्चिम चितवनको भरतपुर २६ र २७ मा वर्षेनी पानी पस्ने गरेको छ । नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन चितवन प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यन्त जरुरी सूचना जारी गर्दै सो सर्तकता अपनाउन अनुरोध गरेको हो ।
यता, चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारीले बाढी र पहिरोबाट जिल्लामा अहिले सम्म मानवीय र भौतिक क्षति भएको जानकारीमा नआएको बताए । उनले प्रहरीका मातहतका निकाय, सशस्त्र प्रहरी, नेपाली सेना सबै सतर्क अवस्थामा रहेको र जनतालाई पनि सतर्क रहन अपिल गरेका छन् ।
यस्तै, पूर्वी चितवन हुँदै बग्ने राप्ती नदीमासमेत पानीको सतह बढेको छ । पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेकाले मनहरी, रजैया, लोथर, सौराहा लगायत क्षेत्र भएर बग्ने राप्ती नदीमा बाढी आएको छ । २०७४ सालमा आएको बाढीले पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV