२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

नरोत्तम बैद्यमाथि फौजदारी अभियोगमा मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेस बाग्मती प्रदेशले विरोध

३१ जेष्ठ २०७८, सोमबार १८:०५

जेठ ३१ २०७८, सोमबार

संसदमा दिएको अभिव्यक्तिकै कारण वाग्मती प्रदेशसभा सदस्य नरोत्तम बैद्यमाथि फौजदारी अभियोगमा मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेस बाग्मती प्रदेशले विरोध जनाएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सममेलन गर्दै कांग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्र बानियाँले बैद्यमाथि फौजदारी अभियोगमा मुद्दा चलाउन लागिएको भन्दै त्यसको विरोध गर्नुभएको हो । उहाले फसाउने षड्यन्त्रका साथ कसुर लगाएर पक्राउ गरिए कांग्रेसले सशक्त रुपमा प्रतिकार गर्ने पनि चेतावनी दिनुभयो । उहाले प्रदेशसभामा बोलेको विषयमा सांसद बैद्यले प्रदेशसभाको बैठकबाटै माफी मागेर आत्मालोचना गरिसकेको विषयमा सरकारले फौजदारी कसुर लगाएर गिरफ्तार गर्न खोज्नु गलत हुने पनि जिकिर गर्नुभयो । संविधानको धारा १८७ (१) मा प्रदेशसभाभित्र पूर्ण वाक स्वतन्त्रताको हक हुने सुनिश्चित गर्न व्यक्त विचारलाई लिएर कुनै सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा अदालतमा कारबाही चलाउन पाइँदैन भन्ने उल्लेख हुदा पनि सत्तापक्ष पेलेरै अघि जाने नियतमा रहेको उहाले बताउनुभयो । सांसद वैद्यविरुद्ध एमाले कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । तर संघीय वा प्रदेशसभाका सांसदले सदनभित्र अभिव्यक्त गरेको विषयलाई लिएर त्यहीँबाहेक अन्यत्र कुनै पनि निकायमा प्रश्न उठाउन वा उजुरी गर्न नपाइने उल्लेख छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV