नयाँ गठबन्धनलाई सत्तामा आउन नदिन दक्षिणपन्थी सांसदहरूलाई बेन्जामिन नेतन्याहुको अपिल
२१ जेष्ठ २०७८, शुक्रबार १०:३५
२१ जेठ २०७८,शुत्रबार काठमाण्डौं
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धनलाई सत्तामा आउन नदिन दक्षिणपन्थी सांसदहरूलाई अपिल गर्नुभएको छ ।
इजरायलका आठ विपक्षी पार्टीहरूले मिलेर नयाँ सरकार बनाउन सहमति गरेपछि बुधबार साँझ नेतन्याहूले यस्तो अपिल गर्नुभएको हो । तर, अलग–अलग विचारधारा भएका यी पार्टीले सत्ता सम्हाल्नका लागि बहुमत सावित गर्नुपर्ने हुन्छ ।
विपक्षी दलहरूको गठबन्धन बनेको घोषणा भएपछि दिएको पहिलो अभिव्यक्तिमा नेतन्याहूले दक्षिणपन्थी मतदाताहरूको भोटबाट चुनिएका सांसदहरूलाई गठबन्धनको विपक्षमा मतदान गर्न अपिल गरेका हुन् । सामाजिक सञ्जाल ट्वीट मार्फत उहाँले विपक्षी गठबन्धनलाई ‘लेफ्ट विङ्ग’ र ‘खतरनाक’ भन्नुभएको छ । यसअघि बन्न लागेको गठबन्धलाई पनि नेतन्याहूले ‘शताब्दीकै सबैभन्दा ठूलो फर्जी’ बताउनुभएको थियो । साथै उहाँले गठबन्धन देशका लागि खतरा भएको टिप्पणी गर्नुभएको थियो ।


