२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

धामी बेपत्ता भएको घटनाको प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार :गृहमन्त्री

१९ श्रावण २०७८, मंगलवार १८:४३


१९ साउन २०७८, काठमाण्डौं
गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका तुइनबाट खसेर जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार रहेको स्पष्ट पार्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री खाँणले सरकारले अहिले सत्यतथ्यमा आधारित प्रतिवेदन पर्खिरहेको भन्दै प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार रहेको स्पष्ट पार्नुभएको हो । उहाले नगरिकको जीवन रक्षा गर्नु राज्यको मूल दायित्व भएको भन्दै प्रतिवेदन बुझाएपछि अन्तिम निष्कर्ष निस्कने उल्लेख गर्नुभयो । गृहमन्त्री खाँणले जयसिंह धामीसँगै तुइन तर्नेहरू र तर्न नसकेकाहरूसँग पनि समितिले सोधपुछ गर्ने र त्यसका आधारमा नै प्रतिवेदन तयार पार्ने धारणा राख्नुभयो । दार्चुलाको महाकालीमा तुइन विस्थापन गर्नका लागि ४ झोलुंगे पुल निर्माण योजना जारी रहेको उहाले बताउनुभयो । उहाले धामीको खोजी नेपाल र भारतका सुरक्षाकर्मीले महाकालीमा खोजिरहेको पनि जानकारी दिनुभयो ।
बैठकमा सांसदहरुले सरकारले दार्चूला घटनालाई गम्भीर रुपमा नलिएको आरोप लगाएका थिए । सांसद खगराज अधिकारीले दार्चुला घटनामा संलग्न अपराधीलाई कारवाही हुनुपर्ने बताउनुभयो ।
त्यस्तै सांसद योगेश भट्टराईले जयसिंह धामी खसेर बेपत्ता भएको वा मृत्यु भएको हो सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।त्यस्तै कांग्रेस सांसद गगन थापाले उक्त घटनाको अनुसन्धानमा सरकार दृढ भएर लाग्नुपर्ने तर्क गर्नुभयो ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुस्लीम आयोगको प्रतिवेदन पेश गरिएको थियो भने प्रतिनिधिसभाका पूर्व सदस्य अकवरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते मंगलबार बोलाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV