२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

दोश्रो मैत्रीपुर्ण महिला फुटबलमा दुबै टिम गोल रहित बराबरीमा

२७ भाद्र २०७८, आईतवार २०:४०

भाद्र २७, काठमाण्डौं


दशरथ रंगशालामा आयोजित नेपाल बंगलादेशबीचको दोश्रो मैत्रीपुर्ण महिला फुटबलमा दुबै टिम गोल रहित बराबरीमा रोकिएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो ।आक्रामक रुपमा प्रस्तुत भएपनि दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्। जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले बंगलादेशसँग दोस्रो पटक गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो । खेल शुरु भएको छैटौं मिनेटमा गोलकिपर अन्जना राना मगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै पेनाल्टी बक्समा उपलब्ध गराएको अवसर मोस्सामत सोप्नाले पाएपनि प्रहार गर्न ढिला गर्दा आँफैले फल गर्न पुगेकी थिइन् । नवौं मिनेटमा अमृता जैशीको भली प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले मुश्किलले नियन्त्रणमा लिएकी थिईन् । त्यसको केहि समयपछि १० औं मिनेटमा सरु लिम्बुले डिबक्स बाहिरबाट प्रहार गरेको बल चक्माले डाइभ हान्दै बाहिर पठाएकी थिइन् । खेलको ३० औं मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिएको थियो । यस्तै खेलको ६७ औं मिनेटमा बंगलादेशकी कप्तान सबिना खातुनको फ्रिकिक नेपालकी गोलकिपर अन्जनाले सहजै नियन्त्रणमा लिईन्। एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV