२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने महान्यायाधिवक्ता को भनाई

५ श्रावण २०७८, मंगलवार १८:५५

५ साउन २०७८, काठमाण्डौं

महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताउनुभएको छ ।
रिपोटर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उहाले आफू सधंै जनताको हितमा र संविधानअनुसार कार्य गर्न तयार भएको बताउनुभएको हो । आफूसँग काम गर्ने ऊर्जा र क्षमता रहेको उहाको भनाई छ । धेरैले कम उमेरको भएकाले कसरी काम गर्न सक्छ भनिरहेको उल्लेख गर्दै उहाले सही तरिकाले काम गरेर देखाउने दृढता व्यक्त गर्नुभयो । उहाले विधिको शासन, संघीय लोकतान्त्रिक गणतन्त्रको सोच अनुरुप आफूले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपाल सरकारलाई कानुनी सल्लाह दिने बताउनुभयो । जस्तोसुकै अनुकूलता र प्रतिकूलतामा पनि अविचलित रही काम गर्ने खातीले बताउनुभयो ।
उहाले मिडियाको भूमिका निकै महत्वपूर्ण हुने भन्दै आफूलाई मिडिया क्षेत्रबाट सल्लाह, सुझाव र निर्देशन समेत स्वीकार्य हुने बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV