२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

ताराबाहादुर ले आफ्नो जन्मभुमिमा देखाएको प्रेम ले भुम्लु बासीमा छायो खुसि

१५ मंसिर २०७७, सोमबार १३:५९

काभ्रेको भुम्लु गाउँपालिका वडा नं ४ चौबासमा समाजसेबि ताराबहादुर कुवरको पहलमा वडामा रहेको ३ सय ५० परिवारलाई स्वास्थ्य तथा सरसफाई सम्बन्धि सर सामान बितरण गरिएको छ । आईतबार बागमती प्रदेश सभा सदस्य सांसद लक्षमण लम्सालको प्रमुख अथित्यमा बृद्ध, बालवालिका महिलाहरुको लागि स्वास्थ्य सामग्री बितरण गरिएको थियो ।
ताराबहादुर कुवरले हजुरलाई नमस्ते परोपकारी अभियान अन्र्तगत कार्यक्रममा महिला, बृद्ध र बालवालिकाहरुको लागि उपयोगी बेबि क्रिम, बेबि स्याम्पु, महिलाहरुको लागि तेल लगायत ७ प्रकारको स्वास्थ्य उपयोगी बिभिन्न सामग्रीहरु बितरण गरिएको थियो । करिब ७ लाख बराबरको सामाग्री बितरण गरिएको हजुरलाई नमस्ते ट्रेड लिङ प्रालिले जनाएको छ । कोभिडको समयमा बिभिन्न सामाजिक काम गरिदै आएका ताराबहादुर कुवर काभ्रेको भुम्लु गाउँपालिका चौबासमा जन्मेर काठमण्डौको बाफलमा समेत लकडाउनको समयमा धेरैको संख्यलाई ब्यक्तिगतरुपमा समेत राहत खाद्यन्न बितरण गरिएको थियो ।
कोभिडको समय र यो जाडोको सिजनमा बालवालिका, महिला र बृद्धहरुको लागि बहुउपयोगी सामान बितरण गरिएको कुवरले बताए ।
उक्त स्वास्थय सामाग्री बितरण कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य सांसद लक्षमण लम्सालले समाजसेवी ताराबहादुर कुवरले आफ्नो जन्म घर सम्झेर बहु उपयोगी सामाग्री बितरण गर्न आउनुभएकोमा धन्यवाद ब्यक्त गरे । कुवरले धेरैखाले कामहरु गरेर सामजको लागि योगदान दिएको समेत बताए । प्रदेश सरकारले भुम्लुको बिभिन्न बिषयहरुमा बिकास निर्माण देखि सबै कार्यहरुमा सहकार्य गरिदै आएको बताए । खानेपानी, बाटो निर्माण , बिद्यालय निर्माण संगै स्वास्थ्यचौकीहरु निर्माण र प्रहरी चैकी निमार्णमा बजेट बिनियोजन गरिएको सांसद लम्सालले जानकारी दिए ।


कार्यक्रममा भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठले गाउँपालिकाले जनताहरको लागि धेरैकाम भएको बताईन् । वडाहरुमा बिभिन्न बिकास निर्माण संगै महिलाहरुको आथिक अवस्था उठाउने कार्यहरुमा समेत गाउँपालिकाको जोड् रहेको बताई् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस भुम्लु गाउँपालिका सभापति तस्बीर लामाले गाउँपालिकाले गाउँमा कोभिडको समयमा मास्क समेत बितरण नगरेको सम्झिदै सामाजसेवी ताराबहादुर कुवरले यस्तो काम गरेर धेरै नै राम्रो रहेको बताए । स्थानिय सरकारले कोभिडमा जनताको बिचमा उपस्थिति नजनाएपनि समाजसेवी कुवरह जस्तोले गाउँमा ३ सय ५० जनालाई स्वास्थ्य सामान बितरण गरेकोमा खुशि ब्यक्त गरे । ताराबहादुर कुवरको सामाजिक अभियान अन्र्तगत चेपाङ बस्ती निर्माणको लागि आफुले सकेको २५ सय सहयोग समेत रहेको कार्यक्रमा बोल्दै कुवरलाई हस्तारन्तरण समेत गरिएको थियो । ताराबहादु कुवरले आफ् जन्मेको ठाउँमा समेत केहि गारौ भन्दै स्वास्थ्य सामाग्री बितरण गरिएको बताए । चक्रपथ सरसफाई देखि रक्तदान कार्यक्रम गरिदै आएको र यो कोभिडको समयमा धेरैलाई खद्यान्न समेत बितरण गरिएको कुवरले बताए ।
कार्यक्रममा बागमती टिपर ब्यवसायि संघ काभ्रेका निर्वतमान अध्यक्ष एंव ब्यवसायी शेरबहादुर कुवर, ,मेगा टेलीभिजन का अध्यक्ष बद्री पोखरेल ,पत्रकार क्रान्ति दोङ, अरनिको यातायत सेवा समितिको उपाध्यक्ष नृपध्वाज महत,मेगा टेलीभिजन का अध्यक्ष बद्री पोखरेल ,लगायतले ताराबहादुर कुवरले धेरै बिभिन्न सामाजिक काम गरेर पुण्य कमाएको बताए । स्वास्थय सामाग्री बितरण कार्यक्रममा ताराबहादुर कुवरको श्रीमती दुई छोरीले समते कार्यक्रममै उपस्थिति भएर साथ दिएकी थिईन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV