२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

डाक्टर र नर्समाथी हातपात गर्ने एमाले नेतालाई तत्काल कारबाही गर्न नेबिसंघको माग

१४ जेष्ठ २०७८, शुक्रबार १८:४७

१४ जेठ २०७८, शुत्रबार
डाक्टर र नर्समाथी हातपात गर्ने एमाले नेतालाई तत्काल कारबाही गर्न नेबिसंघको माग
नेपाल विद्यार्थी संघले बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि एमाले नेताले गरेको आक्रमणको घटना निन्दनीय लज्जास्पद भएको जनाएको छ । नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले बिग्यप्ती जारी गर्दै उपचार गराइरहेका आफन्तको मृत्युपछि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य मानबहादुर रावतको नेतृत्वको समुहले बिहिबार राती डाक्टर र नर्स माथी कुटपिट र अभद्र ब्यबहार गर्दै अस्पताल समेत तोड्फोड गरेको घटनाका दोशिलाई छानविन गरी आक्रमणमा संलग्न लाई कडा कारवाही गर्न माग गरेका छन ।एमाले नेताको आक्रमणबाट डाक्टरहरु दीपक गुप्ता, चन्द्रप्रकाश साहु, समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको छ।
महामारीका बेला ठूलो जोखिम लिएर विरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथिको आक्रमण अक्षम्य भएको महामन्त्री तिमल्सिनाले उल्लेख गरेका छन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV