जसपा नेपालको आधिकारिकता विवाद निर्वाचन आयोगले आजै टुंगो लगाउने
११ श्रावण २०७८, सोमबार १२:५४
११ साउन २०७८, काठमाण्डौं
जनता समाजवादी पार्टी नेपालको आधिकारिकता विवाद निर्वाचन आयोगले आजै टुंगो लगाउने भएपछि त्यसलाई रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुर पक्षले निवेदन दिएको छ ।
तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता हुँदा हस्ताक्षर गरेका ५१ जना कार्यकारिणी सदस्यको टाउको गनेर आयोगले आधिकारिकता विवाद टुंग्याउने तयारी गरेको छ । तर कार्यकारिणी समितिमा अल्पमतमा रहेको ठाकुर पक्षले हिजो सर्वोच्च अदालतले दिएको आदेशका आधारमा तत्काललाई ’हेड काउन्ट’ रोक्न निवेदन दिएको हो । तर आयोगले प्रक्रिया अघि बढिसकेको भन्दै कार्यकारिणी समिति सदस्यहरुको सनाखत थालिसकेको छ । सर्वोच्च अदालतले यस विवादबारे परेको रिटमाथि साउन १५ मा अन्तरिम आदेश दिने नदिने टुंगो गर्ने भएकाले अहिलेको प्रक्रिया रोक्न निवेदन दिएको ठाकुर पक्षीय नेताले जानकारी दिनुभएको छ । तर आयोगले सनाखत थालिसकेको छ । ठाकुर पक्षीय निवेदनलाई अस्वीकार गर्दै आयोगले सनाखत प्रक्रिया अघि बढाएको हो ।

