२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

जसपा द्धारा सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गर्ने

१४ श्रावण २०७८, बिहीबार १०:०५

१४ साउन २०७८, काठमाण्डौं


जनता समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गर्ने भएको छ ।
६ मन्त्रालयमा कुरा मिले आज नै सरकारमा सहभागी हुने सम्भावना रहेको छ । जसपा नेता मोहम्मद इस्तियाक राईले दिएको जानकारी अनुसार जसपाको दाबी ६ वटा मन्त्रालय रहेको छ र यसको सकारात्मक प्रतिक्रिया आए आज नै जसपा सरकारमा सहभागी हुनेछ । नेता राईका अनुसार जसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिइएको छ । उहाँहरुले नाम टुंगो लगाएर प्रधानमन्त्री देउवालाई बुझाउने बताइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV