२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलकालागि बोलायो

१६ असार २०७८, बुधबार ०८:०६

१६ असार २०७८, काठमाण्डौं

निर्वाचन आयोगले जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई छलफलका लागि बोलाएको छ । जसपाको विवादबारे संयुक्त छलफल गरि पार्टीसम्बन्धि थप निर्णय गर्न आयोगले बैठक बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाका दुवै पक्षलाई असार २२ गते छलफलका लागि बोलाइएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ४ मा विवादका पक्षहरुलाई सहमति कायम गर्ने अवसर दिने व्यवस्था रहेको र सोही अनुसार छलफलका लागि बोलाइएको प्रवक्ता श्रेष्ठको भनाई छ । जसपा भित्र दुवै पक्षले आ–आफ्नो हिसाबले गतिविधि गरिरहेका छन् भने एकले अर्कालाई कारबाही गरेको विषय निर्वाचन आयोगमा जानकारी गराएका छन् । तर, त्यो विषयमा आयोगले भने दुवैले गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको यस अघि नै गरिसकेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV