२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

चौकिबाट भाग्ने क्रममा मृत्यु

१ मंसिर २०७६, आईतवार १३:२६

स्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेलको मृत्यु भएको हो । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरेर प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो । चौकीका एक प्रहरी शौचालय गर्न गएका समयमा धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV