२०८३ बैशाख १७, बिहिबार

   2026, Apr 30 Thursday

चुच्चे नक्सामा समेटिएका महाकाली पारिका गाउँमा जनगणना नगरेकोमा नेबिसंघको आपत्ति

१८ आश्विन २०७८, सोमबार १२:०९

असोज १८, काठमाण्डौं


नेपाल विद्यार्थी संघ नेविसंघ ले चुच्चे नक्सामा समेटिएका महाकाली पारिका गाउँमा जनगणना गर्न सुरपरिवेक्षक किन नपठाएको भन्दै सरकारसँग प्रश्न गरेको छ ।
जनगणनाको अन्तिम दिनसम्म महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन नसकेको भन्दै नेविसंघले सरकारलाई प्रश्न गरेको हो ।
‘यस बिषयमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाआकृष्ट भएको छ’महामन्त्री बलदेव तिमल्सिनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएको र भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्यांक कार्यालयले सुपरिवेक्षक नै पठाएको छैन ।
‘महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ को छाङरुक, तिंकर र त्योसँगै जोडिएरको कालापानी, लिपुलेक क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन । अहिले पनि घरपरिवार सूचीकरण हुन नसक्नु दुखद बिषय हो’ नेविसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चुच्चे नक्सामा परेको क्षेत्रमा नेपाली भूमि भएरै जान सुपरिवेक्षकका लागि बाटो नभएको, भारत भएर जान सुरक्षाको चुनौती भएकाले लगत संकलन गर्न कठिन देखिएको हुँदा त्यसका लागि तत्काल कूटनीतिक पहल गर्न नेपाल सरकार र परराष्ट्र मन्त्रालयसंग महामन्त्री तिमल्सिनाले माग गरेका छन् ।
पूर्ववर्ती के.पि.ओली नेतृत्वको सरकारले चुच्चे नक्सा छापिएको पाठ्यपुस्तक बितरणमा रोक लगाएर यो क्षेत्र माथीको महत्त्व लाई उपेक्षा गराएको र हाम्रो भुमिमाथिको अतिक्रमण लाई स्वीकार्दै हाम्रो स्वाधिनताका विरुद्ध कुत्सित सम्झौता गर्न उद्यत भएको प्रसङ्ग लाई नभुल्न र त्यसतर्फ सबै गम्भीर हुन पनि संघका महामन्त्री तिमल्सिनाले सचेत गराएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  
1win букмекерская контора вход.10646 १७ बैशाख २०८३, बिहीबार ०२:३३
Pin Up Casino Azrbaycanda – Onlayn Kazino Girii.227 १७ बैशाख २०८३, बिहीबार ०२:२१
1win регистрация в букмекерской конторе 1вин.3290 (2) १७ बैशाख २०८३, बिहीबार ०२:१०

Mega

TV

Mega Tv
Go to Mega TV