२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

चीन र रुसका राष्ट्रपतिबीच भर्चुअल वार्ता हुँदै

१२ असार २०७८, शनिबार १५:१७

१२ असार काठमाण्डौं

चीनीयाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच भर्चुअल वार्ता हुने भएको छ । आउँने सोमबार हुने वार्ताका विषयमा चीनको विदेश मन्त्रालयले जानकारी दिएको हो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङका अनुसार समसामयिक विश्व राजनीतिका विषयमा वार्ता केन्द्रित रहने छ । बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही आउने सोमबार जुन २८ मा वार्ता हुने जानकारी दिनुभयो । उहाँहरु बीचमा गत महिना पनि फोनमा वार्ता भएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV