ग्रान्डीमा लापरबाहीका कारण १८ महीने शिसु जोखिममा
१० पुष २०७६, बिहीबार १६:२२
नेपालको राम्रो अस्पतालमा गनिने ग्रान्डी अस्पतालको गलत उपचार र लापरबाहीका कारण १८ महीने एक बालकको जीवन जोखिममा परेको छ । काठमाडौं लैनचौरका सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डीमै सामान्य अवस्थामा रिहान न्यौपानेलाई जन्म दिएका हुन । १८ महीने रिहान न्यौपानेको उपचारमा चिकित्सकले बढी डोजको औषधि चलाएकोले शिशु क्रमशः अपांग मात्रै भएनन मृत्यसँग पनि लडिरहेका छन् जस्ले गर्दा परिवारले निकै पीडा भोगिरहेको छन् । मेडिकल काउन्सिलको अनुसन्धानपछि उपचारमा लापरबाहीको कारणले कमजोरी भएको पुष्टि गरेको छ । उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाहीबारे प्रस्टसँग सिफारिस नगर्दा उनीहरूले उन्मुक्ति पाएका छन् । अस्पतालका न्युरो सर्जन डा.अमित थापाले पाँचपटक मस्तिष्क विकास नभएको शिशुलाई नौ महिनाको बीचमा शल्यक्रिया गरेका थिए । रिहानको उपचारमा लापरबाहीका कारण टाउकोनै ‘भी’ आकारको बनेको छ । ग्रान्डीका चिकित्सकले शिशुको ब्रेन विकास नभएकाको अवस्थामा समेत सुधार हुँदै छ भन्दै ढाँटेको आरोप रिहानका बुबा सञ्जीवले लगाएका छन् ।

