२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

गोरखा नगरपालिका वडा न १ मा तरुण दल को नयाँ कार्यसमिति गठन

८ भाद्र २०७८, मंगलवार ०९:५०

भाद्र ८, गोरखा

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा न १ मा तरुण दल को नयाँ कार्यसमिति गठन गरिएको छ ।
पुरानो कार्यसमितिलाई परिमार्जन गर्दै गठन गरिएको नयाँ कार्यसमितिको अध्यक्षमा रेशम भट्ट नियुक्त भएका छन भने सचिवमा मुमदिन मिया नियुक्त भएका छन ।
आज सोमबार एक कार्यक्रमका बिच गोरखा जिल्ला गोनपाका नेपाली काङ्ग्रेसका सभापति , वडा अध्यक्ष हिक्मत बहादुर कुँवर लगायतका स्थानीय बुद्धिजीवी व्यक्तित्वहरुको जमघटमा भट्टलाई नेतृत्व प्रमुखको जिम्मेवारी दिएको हो ।
करिव १०० जना उपस्थित उक्त कार्यक्रममा सामाजिक दुरि कायम गर्दै यूवा व्यवसायि सुवास भट्टराई सुमन रेग्मी लगाएतका २ दर्जन भन्दा बढी युवाहरु तरुण दलमा जोडिएको अध्यक्ष रेशम भट्टले बताएका छन ।
भट्टका अनुसार युवाहरुको रोजाइको दल तरुण दलमा गाउँटोलका युवा साथीहरुलाई जोडेर लैजान पाउँदा एकदमै खुशी महसुस भैरहेको उनले बताए । भोलिका दिनमा तरुण साथी भाईले आफ्नो गाउँ ठाउँ हुँदै समाज रुपान्तरणमा उल्लेखनीय भुमिका खेल्नेमा ढुक्क भट्टले सबैलाई आग्रह गरेको पत्रकार सुदिप पनेरुु ले जानकारी दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV