गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दे राजपा द्धारा आइतबारको प्रतिनिधिसभा बैठक अवरुद्ध
३ चैत्र २०७५, आईतवार १६:१४
गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दे राष्ट्रिय जनता पार्टी (राजपा)ले आइतबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
आइतबार दिउसो बैठक सुरु हुनेवितिकै राजपाका सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । लगतै सभामुख कृष्ण वहादुर महराले राजपा सांसद लक्ष्मणलाल कर्णलाइ बोल्न समय दिनुभयो । उहाले सभामुखको आदेश पनि सरकारले नटेरेको भन्दै असन्तुष्टि जनाउनुभयो । यसअघि सरकारले आफुहरुसंग गरेको सम्झौता कार्यान्वयन नगरेको र आयोगको प्रतिवेदन सार्वजनिक नभएको भन्दै बैठक चल्न नदिने उहाले जानकारी गराउनुभयो ।
सभामुख महराले राजपा सांसदहरुलाई बस्न आग्रह गर्दा पनि उनीहरुले उठेर विरोध जनाएपछि सभामुख महराले बैठक स्थगीत गर्नुभएको हो । यहि माग राख्दै राजपाले यसअघिका बैठक पनि अवरुद्ध गरेको थियो, तर सभामुख महराले यस बिषयमा सरकारलाई रुलिङ गरेपछि यसअघिका बैठक चलेको थियो ।

