२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

कोरोना संक्रमण घटेसँगै कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजले आफ्नो नियमित बहिरंग सेवालाई निरन्तरता

२५ जेष्ठ २०७८, मंगलवार १२:०४

जेठ २५ २०७८,मंगलबार

बाँके जिल्लामा कोरोना संक्रमण घटेसँगै कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजले आफ्नो नियमित बहिरंग सेवालाई निरन्तरता दिएको छ ।
जिल्लामा कोरोना संक्रमण माहामारीकै रुपमा फैलन थालेपछि अस्पतालले बहिरंग सेवा बन्द गरेर संक्रमितको मात्रै उपचार गर्दै आएको थियो । कोरोना भाइरस सङ्क्रमण घटेसँगै आइतबारदेखि नै अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणका बिरामी आउन कम भएपछि पहिले झै नियमित रुपमा ओपीडीलगायत सेवा सुरु भएको हो । अब अस्पतालले कोरोना भाइरस संक्रमित र संक्रमित नभएका दुवैको उपचार सेवा नियमित गर्नेछ । यसअघि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कोरोना भाइरस संक्रमित नभएका र शिक्षण अस्पताल कोहलपुरमा संक्रामित भएका बिरामीको उपचार हुँदै आएको थियो ।बाँके जिल्लामा कोरोना सङ्क्रमण दर घटेको जस्तो देखिएपनि छिमेकी जिल्लाहरुबाट आउने बिरामीको चाप घट्न नसकेकाले जोखिम कायमै रहेको अस्पतालले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  
कोरोनाका कारण थप ६ जनाको मृत्यु २५ कार्तिक २०७८, बिहीबार १७:२८
थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि २४ कार्तिक २०७८, बुधबार १७:२७
थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि २३ कार्तिक २०७८, मंगलवार १७:४८

Mega

TV

Mega Tv
Go to Mega TV