कांग्रेसमा क्रियाशिल सदस्यता बितरणको समस्या:समाधान
१३ असार २०७८, आईतवार १९:०८
१३ असार २०७८
नेपाली काग्रेसले क्रियाशिल सदस्यता बितरणका क्रममा केहि जिल्लामा देखिएको समाधान भएको जनाएको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले बिवादित जिल्लामा क्रियाशिल सदस्यता नविकरण र बितरणको कार्य सुरु भएको जानकारी गराउनुभएको हो ।
लेखकले बारा, बर्दिया लगाएतका जिल्लामा आन्तरिक समायोजनामा देखिएको समस्याका कारण अवरुद्ध भएको क्रियाशिल सदस्यता सुरु भएको बताउनुभयो ।
अहिले कुनै पनि स्थानमा क्रियाशिल सदस्यता नविकरण र बितरणमा समस्या नभएको जिकिर गर्नुभयो । अहिलेसम्म ८ लाख २० हजार क्रियाशिल सदस्यताको इन्ट्री भइसकेको जानकारी दिनुभयो । पदाधिकारी बैठकमा महाधिवेशन केन्द्रीत छलफल भएको र क्रियाशिल सदस्यता बितरणका कारण कार्यतालिका प्रभावित नहुने दावी गर्नुभयो ।
लेखकले महाधिवेशनका बिषयमा पार्टीभित्र देखिएको केहि मतभेद छिटै अन्त्य हुने बताउनुभयो ।

