२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

कांग्रेसमा क्रियाशिल सदस्यता वितरणको विवाद अझै कायम

२ असार २०७८, बुधबार ०८:१९

२ असार २०७८ बुधबार

नेपाली कांग्रेसले पार्टीको चौधौ महाधिवेशन भदौ २३ भित्र गर्नै पर्ने संवैधानिक बाध्यता छ । अन्तिम पटक थपिएको म्याद भदौ २३ गते सकिने भएकाले कांग्रेसका युवा नेताहरुले पार्टी महाधिवेशन जसरी पनि गर्न नेतृत्वलाई दवाव दिएका छन् ।
कांग्रेसका युवा नेताहरुले प्रतिकुलताकाबीच पार्टीको महाधिबेशन पछिल्लो पटक तोकिएको मितिमा गर्न नेतृत्वलाई सुझाव दिएको छ । उनीहरुले असार ३ गते बस्ने केन्द्रीय कार्य समिति बैठकमा भदौ १६ देखि १९ सम्म जसरी पनि महाधिबेशन गर्न सुझाव पेश गर्न भर्चुअल छलफल गरेका छन् । उनीहरुले कोरोना महामारीकैबीचमा पनि अमेरिका भारत सहितका देशमा चुनाव भएको भन्दै पार्टीको महाधिबेशन भदौमा गर्न सम्भव भएको निष्कर्ष निकालेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।
कांग्रेसले अझै ७ जिल्लाको क्रियाशिल सदस्यता टुङ्गो लगाएको छैन । क्रियाशिल सदस्यताको टुङ्गो लगाएर वडा तहदेखि नगर, क्षेत्रिय, जिल्ला, प्रदेश र केन्द्रको महाधिबेशन गर्नुपर्ने बाध्यता रहेकाले केही अधिबेशन नगरी वडा, क्षेत्रिय, प्रदेशको अधिबेशन गरेर महाधिबेशन गर्न सकिने विकल्पबारे पनि छलफल भएको केन्द्रीय सदस्य घिमिरेले जानकारी दिनुभयो ।
कांग्रेसमा कागजी महाधिबेशन गर्ने तयारी भएपनि कुनै पनि नेताले यसबारे मुख खोलेका छैनन् । नेताहरु भदौमा जसरी पनि महाधिबेशन भएर पार्टीको बैधानिकता कायम रहने दाबी गरिरहेका छन् । केन्द्रीय सदस्य घिमिरे पनि महाधिबेशन नै नहुने कल्पना भने नगरेको बताउनुहुन्छ ।
नेपालको पुरानो इतिहास बोकेको नेपाली कांग्रेसको बर्तमान नेतृत्व सामु महाधिबेशन गराउनु पर्ने चुनौती छ । यो चुनौतीलाई सामना गर्न युवा नेताहरुको सक्रियाता पछिल्लो समय बढेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV