करेन्ट लागेर एक जनाको मृत्यू
२४ कार्तिक २०७६, आईतवार ११:२०
करेन्ट लागेर एक जनाको मृत्यू
नवलपरासीको गैंडाकोटमा गएराति एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । पराल बोकेको ना २ ख ९०७८ नम्बरको ट्रकमाथि बसेका मतिराम महता थारूको नांगो तारमा प्रवाह भइरहेको करेन्ट लागेर ज्यान गएको हो । करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।
Share on Social Media

