२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

कमला नदिमा भूत मेला सूरु

२६ कार्तिक २०७६, मंगलवार ११:१६


सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । सोमवार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिरहा र धनुषाको सीमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् । धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कात्र्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने परम्परा रहेको छ । यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV