२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

एमाले स्थायी कमिटी बैठक जारी, विधान महाधिवेशन प्रस्तावमाथि छलफल केन्द्रित

२६ भाद्र २०७८, शनिबार १३:०७

भाद्र २६, काठमाण्डौं


नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल भैरहेको छ । विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारीबारे बैठक केन्द्रित भैरहेको छ । त्यस्तै संसदमा एमालेको भूमिकाबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष एमालेले भदौ २३ गतेदेखि सुरु भएको संसद बैठक अवरोध गर्दै आएको छ । हिजो दिउँसो चार बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । एमालेले असोज ४, ५ र ६ गते काठमाडांैमा विधान महाधिवेशन गर्ने भएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV