२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आज केन्द्रीय कमिटीको बैठक बस्दै

२० जेष्ठ २०७८, बिहीबार १४:२५


जेठ २० २०७८, बिहिबार


नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
एमाले स्थायी कमिटी बैठक आज नै बस्न लागेका बेला नेपाल–खनाल समुहले केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठक भर्चुअल माध्यमबाट बस्न लागेको बताइएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी विवादलगायतका विषयमा नै केन्द्रीय कमिटीको छलफल केन्द्रित हुने केन्द्रीय नेता अरुण नेपालले जानकारी दिए ।
पार्टीको संस्थापन पक्षका नेताहरु र आफ्नै समूहका चार जना दोस्रो तहका नेताहरुबीचको अनौपचारिक छलफल अघि बढिरहेका बेला नेपाल–खनाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
बैठकमा यिनै दोस्रो तहका नेताहरुवीच भैरहेको अनौपचारिक वार्ताको प्रगति र आगामी रणनीतिबारे समेत छलफल हुने नेता नेपालले बताए । विहान ११ बजेकालागि बोलाइएको यस बैठकलाई अपरान्ह् ४ बजेकालागि सारिएको छ । नेपाल पक्षले आज बस्दै गरेको स्थायी कमिटीको बैठकको निर्णय कुर्न बैठक समय सारेर पर्ख र हेरको रणनीति लिएको हो ।
यता, नेपाल खनाल पक्षमा बैठकमा जुट्दै गर्दा ओली पक्षले भने यसलाई अनधिकृत कार्य भन्दै आपत्ति जनाएको छ ।
आजै पार्टी केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जारी गरेको विज्ञप्तिमा पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाउनु उचित नभएको टिप्पणी गरिएको छ । विज्ञप्तिमा उक्त बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरूलाई आग्रहसमेत गरिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV