२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

एमालेको आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित

२४ श्रावण २०७८, आईतवार ०८:१३

२४ साउन २०७८,काठमाण्डौं

नेकपा एमालेले आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
बैठक भोलिसम्मका स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओलीले विधान अधिवेशनको तयारीका लागि भन्दै आजकालागि बैठक बोलाउनुभएको थियो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले आजको बैठक रोक्न औपचारिक रुपमै आग्रह गरेको थियो । नेपालपक्षका नेताहरुले आजको बैठकलाई डेडलाइनका रुपमा लिइएको र त्यो बैठकबाट हुने निर्णयलाई आधार मानेर आफ्ना अगाडिका कदम तय गरिने बताउनुभएको थियो । एमालेमा भइरहेको एकता पहललाई ध्यानमा राखेर आइतबारको बैठक स्थगन गरिएको बताइएको छ । बैठक अब भोलि दिउँसो ३ बजे बस्नेछ । यसअघि आज बिहान ११ बजे बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाइएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV