२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

एमसीसी पारितका लागि संसद्मा पेश गरिने प्रधानमन्त्री देउवाको भनाई

२८ श्रावण २०७८, बिहीबार १३:१८

२८ साउन २०७८, काठमाण्डौं


प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारितका लागि संसद्मा पेश गरिने बताउनुभएको छ ।
कांग्रेस संस्थापन पक्षका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले एमसीसीका केही विषय मिलाए पश्चात संसदमा लैजाने बताएको केन्द्रीय सदस्य जीवनबहादुर शाहीले जानकारी दिनुभयो । देउवाले ‘केही विषय मिलाउन’ बाँकी रहेको बताएपनि संशोधन गर्ने शब्द भने प्रयोग नगरेको बताइएको छ । एससीसीलाई संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा राख्न प्रचण्ड तयार नभएको बारेमा भने प्रधानमन्त्रीले कुरै नगरेको बताइएको छ । बैठकमा चीनले नेपाली भूमि मिचेको विषयलाई साझा कार्यक्रममा नपारेकोप्रति उपसभापति विमलेन्द्र निधि र शाहीले जिज्ञासा राख्नुभएको थियो । चीनले सीमा मिचेको विषयमा द्विपक्षीय संवाद गर्ने कार्यलाई नसमेटिएकोमा निधिले जवाफ खोज्नुभएको थियो । गत वर्ष कर्णालीका कांग्रेस नेताहरु सम्मिलित एक टोलीले हुम्लामा चीनले सीमा मिचेको प्रतिवेदन सार्वजनिक गरेका थिए । कांग्रेस टोली सीमा क्षेत्रमा पुगेर अध्ययन प्रतिवेदन बाहिर ल्याएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV