२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने ओली पक्षको भनाई

२२ श्रावण २०७८, शुक्रबार १८:५८

२२ श्रावण २०७८, काठमाण्डौं


नेकपा (एमाले) केपी पक्ष ओली पक्षले एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ ।
विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधी नरोकिने बताउनुभएको हो । उहाले पार्टी गतिविधि रोक्न आएका सुझाव पार्टीको हित बिपरित रहेको जिकिर गर्नुभयो ।
उहाले स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने धारणा राख्नुभयो । ज्ञवालीले सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने स्पष्ट पार्नुभयो । उहाले विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूसंग छलफल भएको बताउनुभयो ।
विधान संशोधनको प्रस्ताव तयार भएपछि सवै तहमा अध्ययनका लागि पठाइने एमालेको तयारी छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV