२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

उपप्रधानमन्त्री द्धारा उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी

१६ जेष्ठ २०७८, आईतवार १५:२६

२०७८ जेष्ठ १६ आइतबार


उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी
काठमाडौं, १३ जेठ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिनुभएको छ।
उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था बारे जानकारी लिनुभएको हो । यसका साथै, उहाँले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गर्नुभयो । ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’– उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।
थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV