२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

उपत्यकामा अत्यावश्यक बस्तुको सहज आपूर्ति भइरहेको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी को भनाइ

१७ जेष्ठ २०७८, सोमबार १९:३५

२०७८ जेठ १७ काठमाण्डौं


काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले उपत्यकामा अत्यावश्यक बस्तुको सहज आपूर्ति भइरहेको बताउनुभएको छ ।
अध्यावश्यक बस्तु बोकेका सवारीलाई नाकामा नै रोकिएको गुनासो आएपछि सोमबार काठमाडौंको नागढुंगा नाका अनुगमनमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी पराजुलीले नाकाबाट सुरक्षा सतर्कता अपनाएर निर्वाध रुपमा अध्यावश्यक वस्तु बोकेका सवारी साधन उपत्यका प्रवेश भइरहेको बताउनुभएको हो । उपत्यकामा जारी गरिएको निषेधाज्ञालाई सर्वसाधारणले पालना गरेका कारण नै कोरोना संक्रमितको संख्या घट्दै गएको उहाको भनाई छ । पराजुलीले जेष्ठ २० गतेदेखि खाधान्न र निर्माण कार्यलाई खुकुलो बनाइने जानकारी दिनुभयो ।
कोरोना महमारीलाइ रोक्न उपत्यकाको प्र्रशासन कार्यालयले जेष्ठ २० गतेसम्म उपत्यकामा कडा निषेधाज्ञा जारी गरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV