२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

उपत्यकाबाट तिहारमा घर जानेलाई कोभिडविरुद्धको खोपको व्यवस्था

१६ कार्तिक २०७८, मंगलवार १६:०८

१६ कात्तिक, काठमाडौं ।


कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सरकारले उपत्यकाबाट तिहारमा घर जानेलाई कोभिडविरुद्धको खोपको व्यवस्था गरेको छ ।
उपत्यकाका कोटेश्वर, गंगबु, कलंकी लगाएका स्थानमा उपत्यकाबाट बाहिर जाने सर्वसाधारणका लागि कोभिड बिरुद्धको खोप लगाउने व्यवस्था गरेको हो । खोप कार्यक्रम बुधबारसम्म चल्ने स्वास्थ्य सेवा बिभागले जनाएको छ । बिभागले एस्ट्राजेनेका र भेरोसेलको खोपको व्यवस्था गरिएको पनि जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना रोकथामका लागि खोप अभियानलाई बिभिन्न चरणमा निरन्तरता दिएको र खोप अभाव नभएको जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV