२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित गर्ने चेतावनी

१४ श्रावण २०७८, बिहीबार १८:०४

१४ साउन २०७८, काठमाण्डौं


सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित गर्ने चेतावनी दिएका छन् ।
आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति, सर्लाही , राष्ट्रिय कृषि श्रमिक संघ, उखु किसान संघर्ष समिति, सर्लाही र किसानहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै विगत तीन÷चार वर्षअघिदेखिकै भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
सरकारबाट आश्वासन पाए पनि भुक्तानी नसकेका कारण यसकारण फेरि आन्दोलन गर्न बाध्य भएर आन्दोलनको तयारी गर्नुपरेको उनहिरुले बताएका छन् ।
किसानहरुका अनुसार इन्दिरा सुगर मिल, लुम्बिनी चिनी कारखाना, अन्नपूर्ण चिनी मिल, महालक्ष्मीबाट भुक्तानी हुन बाँकी छ । त्यस्तै श्रीराम सुगर मिलबाट पाउनुपर्ने रु तीन करोड सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइए पनि जिल्लाका किसानले अहिलेसम्म पनि नपाएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले जानकारी दिनुभयो । मिलले सरकारले तोकेको उखुको समर्थन मूल्यसमेत नदिएर ठग्ने गरेको किसानहरुको गुनासो छ । उहाले किसानहरुलाई निमुखा र कम्जोर सम्झेर फेरी पनि रकम नदिने षडयन्त्र उद्योगी र सरकारबाट भइरहेको आरोप लगाउनुभयो । भाद्र ५ गतेसम्म पनि किसानहरुको सम्पूर्ण भुक्तानी नभए शसक्त आन्दोलन गर्ने उहाको भनाई छ ।
उखु किसान विसं २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । विसं २०७७ पुसमा किसानले दोस्रोपटक काठमाडौँमा आन्दोलन गरेका थिए । आन्दोलनकै दबाबले सुगर मिलले केही रकम मात्रै भुक्तानी गरेको थियो । सरकारले चिनी उद्योगीको शेयर र जग्गा लालपुर्जा रोक्का गर्ने तथा २१ दिनभित्र भुक्तानी नगरे कडा कारवाही गर्ने प्रतिबद्धता जनाएपछि किसानले आन्दोलन स्थगन गरेका थिए । सोह्र दिनको आन्दोलनपछि सरकार र उखु किसान सङ्घर्ष समितिबीच चार बुँदे सहमति भएको थियो ।
बैठकमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको बताउनुभयो । उहाका अनुसार कोरोनाको पहिलो लहरमा २१ हजार ५२३ बालबलिका संक्रमित भएका थिए । साथै, दोस्रो लहरमा ३२ हजार ९३७ जना बालबालिकामा संक्रमण देखिएको छ । दोस्रो लहरमा संक्रमण पुष्टि भएकामध्ये २९ हजार ७७७ जना निको भएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV