सन्दीप लामिछाने धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचिको दोस्रो नम्बरमा
२२ कार्तिक २०७६, शुक्रबार ११:१३
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचिमा परेका छन् । क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ले निकालेका सर्वेक्षण अनसार लेग स्पिनर सन्दीप टि–ट्वान्टी क्रिकेटकालागि धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी बनेका हुन । उनले अक्टोबर २०१८ देखि २०१९ सम्मको अवधिमा आठ राष्ट्रमा क्रिकेट खेलिसकेका छन् । उनी धेरै टिमबाट खेल्ने क्रिकेटरको दोस्रो स्थानमा परेका छन् । सन्दीपले नेपालस्थित दिल्ली क्यापिटल, मेलबर्न स्टार्स, लाहोर क्वालान्डर्स बर्वाडोस टिडेन्टस, सिलेड सिक्सर्स र नागाहर लियोपार्टसबाट खेलेका छन् ।
Share on Social Media

