इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै काठमाडौंमा बिरोध प्रदर्शन
२९ भाद्र २०७८, मंगलवार २०:३३
भाद्र २८,काठमाण्डौं
चीनबाट एमबिबिएस उतिर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।
नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफुहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् । आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केहि दिनमा इन्टर्नसीप सुरु हुने आश्वासन पटक पटक पाएपनि इन्टर्नसीप गर्न नपाएको उनीहरुको भनाई छ । मापदण्ड पुरा गरेका १५५ बिद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न नपाउदा भविष्य नै अन्यौलमा परेको प्रदर्शनमा उत्रेका बिद्यार्थीहरुले जनाएका छन् ।
Share on Social Media

