२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

आज लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

१२ असार २०७८, शनिबार १५:०६

१२ असार काठमाण्डौं

आज लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।
‘लागू औषधरहित परिवार स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रियनाराका साथ आज नेपालमा यो दिवस मनाइदैछ ।
हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रमा उल्लेख छ । दिवसको उद्देश्य विश्व समुदायलाई लागू औषधको असर र कारोवारबाट मुक्त गराउनु रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागू औषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५ प्रतिशत भन्दा बढि रहेको छ । यसको दुरुपयोग तथा अवैध ओसारपसारले सामाजिक अपराध बढाउनुका साथै समाजमा नकारात्मक प्रभाव पार्दै आइरहेको छ । विश्वमै लागु औषध सेवन गर्ने युवा युवती र किशोर किशोरीहरुको संख्या बढ्दै जानु ठूलो चिन्ताको विषय रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV