आज निर्जला एकादशी
७ असार २०७८, सोमबार १५:२०
७ असार २०७८, सोमबार
आज निर्जला एकादशी, सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राखिरहेका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि आज ज्येष्ठ शुक्ल एकादशीका दिन सनातन धर्मावलम्बीले घर घरमा तुलसीको दल राखि रहेका हुन् । यसरी छरिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यो चार महीनाको अवधिलाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । आज पानीसमेत नपिई व्रत गर्नाले फल पाइने शास्त्रीय मान्यता रहेको छ । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ ।
Share on Social Media

