आज देशभरको मौसम सामान्य सक्रिय रहने
१४ श्रावण २०७८, बिहीबार १०:१४
१४ साउन २०७८, काठमाण्डौं
आजपनि देशभरको मौसम सामान्य सक्रिय रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा सामानय बदली आउन लागेको हो ।
अहिले गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश १, २, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। महाशाखाले मौसम पूर्वानुमान बुलेटिनसँगै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श समेत जारी गरेको छ । प्रदेश १, प्रदेश नं २, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । बाढी, पहिरो भुक्षयको जोखिम भएकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

