२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने

१२ असार २०७८, शनिबार १५:५९

१२ असार काठमाण्डौं


आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भैरहेको छ ।
मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली भैरहेको हो ।
मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रही गएराति देखिनै वर्षा भैरहेको छ भने बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । काठमाडौँ उपत्यकामा आज विहानैदेखि हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आगामी तीन दिन देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । भोलिदेखि देशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यही असार १४ गते देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको तापक्रम अधिकतम २७ दशमलव ४ र न्यूनतम तापक्रम २० दशमलव २ डिग्रि सेल्सियसवीच रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV