२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

आजपनि देशभर मनसुन सक्रिय रहने

२५ असार २०७८, शुक्रबार १२:३९

असार २५, २०७८ काठमाण्डौं

आजपनि देशभर मनसुन सक्रिय रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि दिनभर मनसुन सक्रिय रहने भएको हो ।
अहिले काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखााका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा प्रदेश नम्बर २, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको हो । मौसमविद् कँडेलले अझै केही दिन मनसुन निष्क्रिय हुने सम्भावना नदेखिएको बताउनुभएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने यस क्रममा प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । ‘आज दिउँसो काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिएको छ । यस्तै राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अविरल वर्षाले बाढी पहिरो र भुक्षयको जोखिम कायमै रहेकाले सचेत रहन आग्रह गरिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV