२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

आजपनि देशभर मनसुनी वायुको सामान्य प्रभाव रहने

१० श्रावण २०७८, आईतवार १२:२९

१० साउन २०७८, काठमाण्डौं


आजपनि देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
तर नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा विस्तारै दक्षिणतर्फ सरेसँगै नेपालमा मनसुनी गतिविधि सामान्यतर्फ उन्मुख बन्दै गएका छन् ।
अहिले देशभर सामान्य बदलीसँगै केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली सामान्यतर्फ उन्मुख भएकाले केही दिन लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाको भनाइ छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोलिबाट भने उच्च पहाडी र हिमाल छोएका जिल्लामा वर्षा हुने सम्भावना रहेको छ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV