२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

अहिलेको लडाई संविधान र लोकतन्त्र रक्षाका लागि भएको प्रचण्डको भनाई

१२ असार २०७८, शनिबार १९:५५

१२ असार काठमाण्डौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लडाई प्रधानमन्त्री बन्नका लािग नभएर संविधान र लोकतन्त्र रक्षाका लागि भएको बताउनुभएको छ ।
शनिबार बिपक्षी गठबन्धनले पत्रकारसंग गरेको अन्र्तक्रियामा प्रचण्डले गठबन्धनका नेताहरु कसैलाई पनि प्रधानमन्त्री बन्न हतारो नभएको र अहिलेको लडाई प्रधानमन्त्री बन्नलाई नभएको बताउनुभएको हो । प्रचण्डले अहिले संविधानमाथि निर्मम ढंगले प्रहार भइराखेको र देशलाई अराजकता, संविधानहिनताको भूमिरीमा हाल्ने दुष्प्रयास भइराखेको उल्लेख गर्नुभयो ।
प्रचण्डले आफूले सेटिङ गरेको नभई संविधान अनुसार नै देउवा प्रधानमन्त्री हुने बताउनुभयो । प्रचण्डले ५ दलीय गठवन्धनले लोकतन्त्र, संविधानको रक्षा र जनतालाई विकास र समृद्धि दिन लडिरहने जिकिर गर्नुभयो ।
त्यस्तै कांग्रेस सभापति शेर बहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीका कार्यकर्ताजस्तो बनेको आरोप लगाउनुभयो । प्रधानमन्त्रीको दाबी गर्दै आफूले १४९ जना सांसदको हस्ताक्षर बुझाए पनि हस्ताक्षर सनाखत नगरेर राष्ट्रपतिले गल्ती गरेको उहाले बताउनुभयो । त्यस्तै उहाले संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत भएको भन्दै आफूहरूको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ओली पक्षबाट आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताउनुभयो । उहाले बिभिन्न प्रलोभन आएपनि कुनै पनि हालतमा गठबन्धनलाई धोका नदिने बताउनुभयो । उहाले सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति देउवा नै प्रधानमन्त्री बन्ने पनि बताउनुभयो । आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेपालले अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको जिकिर गर्नुभयो ।
त्यस्तै जनता समाजवादी पार्टी नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ६ गते मार्ग प्रशस्त नभइ, मार्ग अवरुद्ध गरेको आरोप लगाउनुभयो । अन्तक्र्रियामा बिपक्षी गठबन्धनका अन्य नेताहरुको पनि सहभागीता रहेको थियो । 

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV