२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

अस्ट्रेलियाको सिड्नी शहरमा डढेलोको कारण जनजीवन प्रभावित

३ मंसिर २०७६, मंगलवार ११:२८

अस्ट्रेलियाको सिड्नी शहरको नजिक रहेको जंगल र त्यस वरपरका झाडी रहेको क्षेत्रमा डढेलो लागेको छ । डढेलोका कारण फैलिएको धुँवाले त्यहाँको वातावरणमा प्रतिकुल असर पारेको हो । अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीलाई धुवाँको मुस्लोले छोपेपछी त्यहाँको वातावरण अन्धकारमय भएको हो । सिड्नीको उत्तरी क्षेत्रमा भीषण आगलागी समेत भएको छ । तीव्र गतिको हावाको बेगका कारण आगलागी र डढेलो लागेको त्यहाँका अधिकारीहरुले बताएका छन् । डढेलो र आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिनुका साथै हेलिकप्टर समेत परिचालन गरिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV