२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

असोज मसान्तसम्म काठमाडौँको सम्पूर्ण स्थानीय तहको प्याब्सनको निर्वाचन सम्पन्न गछौँ अध्यक्ष : हरिकृष्ण श्रेष्ठ

१५ आश्विन २०७८, शुक्रबार १३:३१

काठमाडौँ, १५ असोज ।


निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठले असोज मसान्तभित्र काठमाडौँका सबै स्थानीय तहमा प्याब्सनको निर्वाचन सम्पन्न गर्ने बताउनुभएको छ ।
सङ्घीयताअनुसार ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्लामा सङ्गठन रहेको प्याब्सन काठमाडौँले मंसीरमा काठमाडौँको निर्वाचन सम्पन्न गर्नेगरी तयारी थालेको हो । संघीयताअनुसार शिक्षालाई स्थानीय तहमा राखिएको छ ।
अध्यक्ष श्रेष्ठले कोरोना महामारीका कारण निजी विद्यालयमा ठूलो क्षति पुगेको भन्दै यसलाई पुनउत्थान गर्नका लागि प्याब्सनको अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
“सरकारी विद्यालयजस्तै नीजि विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई ४५ प्रतिशत छात्रावृत्तिको व्यवस्था गर्नुपर्ने, नीजि विद्यालयलाई पनि प्राविधिक शिक्षा पठनपाठनको व्यवस्था मिलाउनुपर्ने, शिक्षालाई गुणस्तरीय रुपमा अगाडि बढाउनेलगायतका मुद्दालाई यो अधिवेशनमा प्राथमिकताका साथ उठाउँछौँ,”– उहाँले भन्नुभयो ।
अध्यक्ष श्रेष्ठले हालसम्म देशभरका ६० प्रतिशत भन्दा बढी स्थानीय तहमा प्याब्सनको अधिवेशन सम्पन्न भइसकेको बताउनुभयो । काठमाडौँमा भने काठमाडौँ महानगरपालिका, टोखा नगरपालिका र चन्द्रागिरि नगरपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ ।
काठमाडौँको ११ स्थानीय तहमा हाल ७०० भन्दा बढी निजी विद्यालय प्याब्सनमा आवद्ध रहेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV