अर्थमन्त्रीबाट जनार्दन शर्मालाई बर्खास्त गर्न माग
१४ श्रावण २०७८, बिहीबार १७:०८
१४ साउन २०७८, काठमाण्डौं
नवराज विकको हत्याका आरोपीलाई संरक्षण गरेको भन्दै जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्यले अर्थमन्त्रीबाट जनार्दन शर्मालाई बर्खास्त गर्न माग गरेको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकामा सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ । नवराज विकसहित ६ जना दलित युवाहरुको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको अलायन्सको आरोप छ । पत्रकार सम्मेलनमा बोल्दै अलायन्सका संयोजक डा. मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाउनुभयो । अन्तरजातिय विवाहको आरोपमा भेरी नदीमा फालेको भन्दै राज्यले अपराधी जोगाएको समेत आरोप उाले लगाउनुभयो ।
कार्यक्रममा बोल्दै अलायन्सका दलमर्दन कामीले जातिय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले हत्यारालाई संरक्षण गरेको बताउनुभयो । अलायन्सका अर्का संयोजक चन्देश्वर दासले दलित समुदाय तिरस्कृत मानिसको व्यक्तिगत दुस्मनीले नभएर धर्मको कारण भएको जिकिर गर्नुभयो ।

