अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा टर्कीसँगको अर्बौको व्यापार वार्ता रोक्ने चेतावनी
२८ आश्विन २०७६, मंगलवार १४:०१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीसँगको अर्बौको व्यापार वार्ता रोक्ने चेतावनी दिएका छन् । टर्कीले उत्तरी सिरियामा सैन्य कारवाही जारी राखेको भन्दै राष्ट्रपति ट्रम्पले टर्कीका सरकारी अधिकारी, निकावय वा सहयोगीमाथि विरुद्ध प्रतिवन्ध लगाउनेसमेत प्रतिवन्ध लगाउन आदेश दिएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अमेरिकामा रहेको उनीहरुको सम्पति जफत गरिएको छ भने अमेरिकी नागरिक वा संस्थासँग भएको लेनदेनमाथि पनि प्रतिवन्ध लगाइएको छ । राष्ट्रपति ट्रम्पले जारी गरेको आदेशमा टर्कीले कुर्द्विरुद्ध फौजी कारवाही सुरु गरेकाले यस्तो अवस्था सिर्जना भएका हो ।अमेरिकाले सेना फिर्ता बोलाएपछि बुधबार टर्कीले कुर्द लडाकू माथि उत्तरी सिरियामा आक्रमण सुरु गरेको हो ।टर्कीको उक्त कदमको अमेरिकालगायत विभिन्न देशहरुले विरोध गरेका छन् ।

