अमेरिकाले १५ लाख डोज कोरोनाविरुद्धको खोप नेपाललाई उपलब्ध गराउने
२६ असार २०७८, शनिबार ११:३८
२६ असार २०७८, काठमाण्डौं
अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले अमेरिकाले केही दिनमै १५ लाख नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप निःशुल्क दिने जानकारी गराउनुभएको छ ।
उहाँले नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो इतिहासमा यो खबर आफ्ना लागि अत्यन्तै खुसीको कुरा भएकोसमेत उल्लेख गर्नुभएको छ । अमेरिकी दूतावासको फेसबुक पेजमार्फत् राजदूत ¥याण्डी बेरीले यसबारे जानकारी दिँदै अमेरिका सदैब नेपालीहरुको साथमा रहेको र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेसमेत उल्लेख गरेका छन् ।
Share on Social Media

