२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

अब कोही पनि कामका लागि खाडी जानुपर्दैन ः प्रधानमन्त्री

१५ आश्विन २०७६, बुधबार १६:१२

सत्तारुढ नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम सुरु भए पनि कतिपयले अनावश्यक विरोध गरेको उल्लेख गर्र्नु भयो ।
प्रधानमन्त्री ओलीले भने, “अब कामका लागि खाडी र विदेश जानु जानु नपर्नै उल्लेख गर्नुका साथै, त्यस्तो वातावरण र मनस्थिति छाडेर देशमै केही गर्न सबै उत्रन आग्रह गर्र्नु भयो । उनले मुलुकका ५७ लाख चर्पी निर्माण भएर खुला दिसामुक्त राष्ट्र घोषणा भएको र अन्य विकास निर्माणका काम भइरहेको विषयलाई पनि देख्न कलाकर्मीलाई आग्रह गर्दै सामाजिक सुरक्षा कार्यक्रम, तुइन विस्थापन, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र सयौँ पुल निर्माण भएको र अब नेपाललाई सडक मानवमुक्त बनाउने अभियान थालिएको जानकारी दिनु भयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV